सरकारले पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १३, शुक्रबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ १३, काठमाण्डौ । सरकारले पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्ध कोभिड–१९ विरुद्धको फाइजर खोप दिइने भएको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्समार्फत पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्ध ९कोभिड–१९० विरुद्धको फाइजर खोप दिइने भएको हो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेश चौरसियाले कोभ्याक्स सुविधामार्फत नेपालले ८४ लाख मात्रा खोप प्राप्त गर्न लागेको जानकारी दिए । उनले सोही कार्यक्रम अन्तर्गत असार महिनाभित्र बालाबालिकाहरुलाई खोपको पहिलो मात्रा दिइने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस