बुर्किना फासोमा हतियारधारीको आक्रमणमा परेर ५० जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ जेष्ठ १३, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १३, काठमाडौ । अफ्रिकी मुलुक बुर्किना फासोको पूर्वी क्षेत्रमा हतियारधारीको आक्रमणमा परेर ५० जनाको ज्यान गएको छ । पूर्वी बुर्किना फासोको मदजोरीमा सो हिंसात्मक हमला भएको थियो । त्यस गाउँमा अज्ञात बन्दुकधारीले हमला गरेर यतिधेरै नागरिकको ज्यान लिएका हुन् । त्यहाँको पूर्वी क्षेत्रीय गभर्नर हुबर्ट यामेयोगोले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार ठूलो संख्यामा आएका अज्ञात बन्दुकधारीहरुले यो नरसंहार गरेका हुन् ।
सोही क्षेत्रमा यही मे १४ र मे १९ मा भएका यस्तै हिंसात्मक हमलामा परेर २८ जनाको ज्यान गएको थियो । अरु कैयौँ घाइते पनि भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस