‘सरकारले कृषिको निति बनाउदा साना किसानलाई समेट्न सकेन्’ : सभापति सुमार्गी

Post Thumbnail

जेठ १३,काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सभापति अरुाराज सुमार्गीले सरकारले कृषिको निति बनाउदा साना किसानलाई समेट्न नसकेको बताएका छन् ।एशोसिएसन अफ नेपाल एग्रिकल्चरल जर्नालिस्टस् (अनाज) ले आयोजना गरेको कृषि निति र बजेट आत्मनिर्भरता र साना किसानका सवाल विषयक बहस कार्यक्रममा बोल्दै सुमार्गीले साना किसानमात्रै होइन् समग्र किसानको विषयमा सरकारले ठोस अनुसन्धान नै गर्न नसकेको बताए ।

उनले कृषिमन्त्ती महेन्द्र राय यादवसमेत सहभागी बहसमा भाग लिदै भने–सरकारले कृषिमा नारा दियो तर कार्यक्रम दिन सकेन् ,नत कुनै अनुसन्धानको दायरालाई फराकिलो बनाउन सक्यो । सुमार्गीले भारतमा दर्जन भन्दा बढी एक्सलेन्सी सेन्टर खुल्दा नेपालमा त्यो किसिमको पहल नै हुन नसकेको बताए ।

सभापति सुमार्गीले सरकार गफ मात्रै गर्ने तर काम नगर्ने भएको बताउदै आफुले भाषणमात्रै होइन हेटौडामा कृषिको अनुसन्धानको कामलाई आफैले कार्यान्वयनमा ल्याएको बताए । उनले भने–म आफै हेटौडामा फिल्डमा छु,त्यहाँ हरेक बालीको अनुसन्धान तथा प्रयोग भइरहेको छ । उनले सरकारले कृषिमा पर्याप्त मात्रामा बजेट विनियोजन गर्न नसकेको भन्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउन बजेट,निति र कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस