पत्नी हत्यामा संलग्न रन्जन कोइराला फेरि पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १३, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १३,काठमाडौँ । पत्नी हत्यामा संलग्न रन्जन कोइराला पक्राउ परेका छन् । शुक्रवार उनी काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बलका पूर्वडिआईजी कोइरालालाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताए ।

बिहिबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडाल सम्मिलित संयुक्त इजलासले उनलाई जन्मकैदको फैसला गरेको थियो । यसअघिका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला पुनरावलोकन भएसँगै उनी फेरि पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला र उच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । २०७७ असार १५ मा तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो । जबरा र केसीले जन्मकैद गर्दा कोइरालालाई ‘चर्को पर्न सक्ने’ भन्दै उनको सजाय घटाइदिएका हुन् । उनीहरुले रञ्जन ८ वर्ष ६ महिना मात्रै जेल बस्दा सजायको ‘मक्सद पुरा हुने’ ठहर्‍याएका थिए । सो फैसलापछि कोइराला ०७७ साउन ८ मा डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस