प्रतिनिधि सभा बैठकमा आज आर्थिक सर्वेक्षण पेस हुँदै

जेठ १४, काठमाडौं । प्रतिनिधि सभाको आज (शनिबार) बस्ने बैठकमा सरकारले आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेस गर्ने भएको छ । बैठक शनिबार बिहान ११ बजेदेखि सुरु हुँदैछ ।

बैठकमा शुक्रबारका लागि नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि सांसदले नीति तथा कार्यक्रममा बोल्ने क्रम नसकिएका कारण आज पेस गर्ने कार्यसूची छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ ।

यही जेठ १५ गते (आइतबार) संघीय संसद्को‌ संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पेस गर्ने छन् ।

संम्बन्धित समचार

Leave a Reply