राष्ट्रपतिद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा

जेठ १४, काठमाडौँ । सरकारले गणतन्त्र दिवसको अवसरमा ८३४ जना कैदीको कैद सजाय मिनाहा गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तै संविधानको धारा २७६ र मुलुकी फैजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी भएको छ ।

गणतन्त्र दिवस–२०७९ भोलि मनाइँदैछ ।

संम्बन्धित समचार

Leave a Reply