गुन्डा नाइके समीरमानकी श्रीमती रिहा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ मंसिर २०, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाडौं ।  नेपाल निर्माण ब्यवशायी महासंघका तत्कालिन अध्यक्ष शरद कुमार गौचन हत्या प्रकरणमा समातिएकी गुन्डा नाइके समिरमान बस्नेतकी श्रीमान माया शेरचन पाँच लाख धरौटी बुझाएर छुटेकी छिन्। काठमाडौँ जिल्ला अदालतले थुनछेक बहसपछि मायासँग पाँच लाख रुपैयाँ धरौटी मागेको हो।

कर्तव्य ज्यान र संगठित अपराधमा मुद्धा चलाईएको थियो। शरदकुमार गौचन हत्या प्रकरणमा संलग्नता रहेको भन्दै महानगरीय अपराध महाशाखाको टोलीले मायालाई एक महिना अघि पक्राउ गरेको थियो।

गौचन हत्या प्रकरणमा फरार रहेका तीन अभियुक्त पक्राउ परेपछि अदालतमा उनिहरुले दिएको साविती बयानका आधारमा माया पक्राउ गरिएको महाशाखाको दावी थियो। गौचन हत्याकान्डका मुख्य सुटर अमरबहादुर रानाले आफुलाई हतियार मायाले उपलब्ध गराएको बयान दिएका थिए। गौचन हत्याकान्डमा समिरमान एक वर्षअघि नै पक्राउ परिसकेका छन्।

गत वर्षको असोजमा गौचनको राजधानीको शान्तीनगरमा गोली हानी हत्या भएको थियो। भारतमा बस्दै आएका समिरमान,मनोज पुन लगायतको समूहले गौचनको हत्या गरेको अनुसन्धानबाट खुलेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस