राजस्थान फाइनलमा, उपाधिका लागि गुजरातसँग भिड्ने

जेठ १४, काठमाडौँ । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अहमदाबादमा शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।

अब राजस्थानले उपाधिका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । गुजरात पहिलो क्वालिफायरलाई राजस्थानलाई नै हराएर फाइनल पुगिसकेको छ ।

बैंगलोरले दिएको १ सय ५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा जोस बट्लरले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ खेले । कप्तान सन्जु सामसनले २३ तथा याशभी जैशवालले २१ रन बनाए ।

देबदुत पडीकल ९ रनमा आउट हुँदा शिम्रन हिटमायर २ अविजित रहे ।

बैंगलोरका जोश हाजलउडले २ तथा वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन जोडेको थियो । बैंगलोरका रजत पटीदारले ५८ रनको अर्धशतकीय इनिङ खेले । कप्तान फाप डु प्लेसिसले २५ तथा ग्लेन म्याक्सवेलले २४ रन बनाए । साहबाज अहमेद १२ रनमा अविजित रहे ।

राजस्थानका प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले ३/३ विकेट लिए ।

 

संम्बन्धित समचार

Leave a Reply