च्याम्पियन्स लिगः उपाधिका लागि लिभरपुल र रियल भिड्दै

जेठ १४, काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा आज इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिडबीच भिडन्त हुँदैछ । । फ्रान्सको पेरिसमा हुने फाइनलमा लिभरपुल र मड्रिडबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

स्टेट डे फ्रान्समा दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा रहेका छन् । लिभरपुलले पछिल्लो पटक २०१९ मा उपाधि जितेको थियो । लिभरपुलले ६ पटक च्याम्पियन्स लिग जितेको छ ।

ला लिगा च्याम्पियन रियल च्याम्पियन्स लिगमा सर्वाधिक सफल टोली हो । रियलले कीर्तिमानी १३ पटक उपाधि जितेको छ ।

युरोपेली प्रतियोगितामा यी दुई टिमबीच आठ भेट भएको छ । त्यसमध्ये रियल चारमा विजयी रहेको छ भने लिभरपुलले तीन खेल जितेको छ ।

यी दुई टिमको अन्तिम भेट सन् २०२०–२०२१ को च्याम्पियन्स लिग क्वाटरफाइनलमा भएको थियो ।

च्याम्पियन्स लिगको फाइलनमा भने दुई टिमबीचको यो तेस्रो भेट हो । त्यसमध्ये सन् १९८०–१९८१ मा लिभरपुल ३–१ ले विजयी रहेको थियो भने सन् २०१७–२०१८ मा रियल ३–१ ले विजयी भएको थियो ।

संम्बन्धित समचार

Leave a Reply