‘बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने विषय हावादारी’ : सांसद पौडेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १४, शनिबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ १४, काठमाण्डौ । एमाले सांसद विष्णुप्रसाद पौडेलले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने विषय हावादारी भएको बताएका छन् ।

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको जारी छलफलमा आफ्नो टिप्पणी राख्दै उनले यस्तो बताएका हुन् ।ुअर्थतन्त्र सङ्कटोन्मुख हुँदै गएको वर्तमान समयमा बूढीगण्डकी जस्ता आयोजनाहरू नेपाल सरकारले आफ्नै स्रोतबाट निर्माण गर्ने हावादारी कुरा गरिएको छ।

पौडेलले सरकारको नीति तथा कार्यक्रम दिशाहीन र उद्देश्यहीन रहेको पनि बताएका छन्। उनले नीति तथा कार्यक्रम आर्थिक सङ्कटलाई समाधान गर्न कुनै मार्ग प्रशस्त गर्नेतर्फ केन्द्रीत नभएको समेत आरोप लगाए।

ताजा अपडेट

खोजी गर्नुहोस