जसपा अध्यक्ष उपेन्द्र यादव भन्छन्-‘नागरिकता विधेयक यथाशीघ्र पारित गर्नुपर्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १४, शनिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १४, काठमाण्डौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यथाशीघ्र नागरिकता विधेयक पारित गर्न आग्रह गरेछन् । सरकारको नीति तथा कार्यक्रममाथि जारी छलफलका क्रममा शनिबार प्रतिनिधि सभामा धारणा राख्दै उनले विधेयक पारित गरेर नागरिकता दिन आग्रह गरेका हुन् ।

राज्यले आफ्नो दायित्व पूरा नगर्दा ती नेपाली नागरिकका सन्तानहरू राष्ट्रियताविहीनको अवस्थामा, अधिकारबाट वञ्चित भएको अवस्थामा बाँच्न विवश भएका छन्। गल्ती राज्यले गर्ने, राज्यले नागरिकता नदिने तर त्यसको सजाय नागरिकले भोग्नुपर्ने। यसको अन्त्य गर्न तत्कालै नागरिकता ऐन, जुन झन्डै–झन्डै तीन चार वर्षदेखि यताउता अलमलमा परिरहेको छ। यसलाई पारित गरेर नागरिकता यथाशीघ्र प्रदान गर्ने व्यवस्था गर्नुपर्छ’, उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस