सरकारले ल्याउन लागेको बजेटका बारेमा सभामुख सापकोटाले लिए जानकारी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १४, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १४, काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको बजेटका बारेमा जानकारी लिएका छन् । उनले अर्थमन्त्री जनार्दन शर्मासँग शनिबार बिहान आफ्नै कार्यकक्षमा सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटका बारेमा जानकारी लिएका हुन् ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले अर्थमन्त्री शर्माले आगामी बजेटका बारेमा सिंहदरबारस्थित कार्यकक्षमै आएर जानकारी गराएको पुष्टि गरेका छन् । ‘सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटका सम्बन्धमा जानकारी लिनु भएको छ,’ उनले भने, ‘शनिबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराउनु भएको हो ।”

ताजा अपडेट

खोजी गर्नुहोस