दाङमा साथीले बोकेको बन्दुक पड्किंदा एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ जेष्ठ १४, शनिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १४, दाङ । दाङमा सिकार खेल्न गएका एक जनाको बन्दुकको गोली लागेर मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा साथीले बोकेको बन्दुक पड्किदा एक जनाको मृत्यु हो । मृत्यु हुनेमा लमही नगरपालिका १ निवासी भागबहादुर पुन रहेका छन् ।

पुन शुक्रबार दिउँसो साथीहरुसँग सिकार खेल्न गएका थिए । उनीसँगै सिकार खेल्न गएका साथीले बोकेको बन्दुक पट्किंदा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस