राष्ट्रियसभा बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १५, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

राष्ट्रियसभा बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७८÷७९ का आर्थिक सर्वेक्षण पेस हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

बैठकमा राष्ट्रियसभा सदस्य कमल पन्त प्रस्तावक भएर शुक्रबार पेस भएको किशोरी बलात्कारसम्बन्धी घटनामा हदम्याद पूर्ण रूपमा हटाउन माग गरिएको संकल्प प्रस्तावबारे पनि छलफल हुने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस