बेत्रावती–रसुवागढी सुरुङ मार्गको काम अझै अलपत्र

जेठ १५, काठमाण्डौ । गएको आर्थिक वर्ष २०७७र७८ को बजेटमा निर्माण प्रस्ताव गरिएको बेत्रावती–रसुवागढी सुरुङ मार्गको काम अझै अघि बढेको छैन । २०७६ जेठ १५ गते सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रममा सुरुङ मार्गको सम्भाव्यता अध्ययनको काम अघि बढाउने प्रस्ताव गरिएको थियो । तर अहिलेसम्म सामान्य छलफल गर्ने भन्दा अरु काम भएको छैन । चालु आर्थिक वर्ष २०७८र७९ का लागि पनि सरकारले यो कार्यक्रमलाई प्रस्ताव गरेको थियो । सडक मार्गका लागि २४ किलोमिटर सुरुङ बनाउन कठिन हुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ ।

सुरुङ निर्माण हुने क्षेत्रको दुई ठाउँमा जमिन चिरा परेको योजनाले यसअघि गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । निर्माणको लागि सम्झौता भएको बेत्रावती–रसुवागढी सुरुङको दूरी २४ किलोमिटरको हुने छ ।

संम्बन्धित समचार

Leave a Reply