कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ १५, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १५,काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराएका हुन्। यसमा कृषि सङ्कलन केन्द्र निर्माण गर्ने तथा कृषि एम्बुलेन्सको व्यवस्थापन, कृषि बीमा विस्तार गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

सरकारले उखु किसानलाई सहुलियत दिनका लागि ८१ करोड रुपैयाँ रकम विनियोजन गरेको छ भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि पाँच अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस