कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै, नेताहरु बोल्ने क्रम जारी

प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आठ जना केन्द्रीय सदस्यले आआफ्नो धारणा राख्नुभयो ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, दिलबहादुर घर्ती, डा मीनेन्द्र रिजाल, शङ्कर भण्डारी, जीवन परियार, वीरबहादुर बलायर, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा तथा केन्द्रीय आमन्त्रित सदस्य हसन अन्सारीले आआफ्नो धारणा राख्नुभएको हो ।

काङ्ग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ ।

पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा यही मङ्सिर ९ गतेको केन्द्रीय समितिको बैठकमा पेश गर्नुभएको थियो ।

मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल जारी छ । अर्काे बैठक शुक्रबार बिहान ११ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

संम्बन्धित समचार

Leave a Reply