वीरगञ्ज चिनी कारखाना सञ्चालन गर्ने सरकारको घोषणा

जेठ १६, वीरगञ्ज । विगत २ दशकभन्दा लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना सञ्चालन गर्ने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने उद्घोष गरेका हुन् ।

वीरगञ्ज चिनी कारखानासँगै कृषि औजार कारखाना पनि पुनः सञ्चालन गर्ने कार्यक्रममा आइतवार अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमा समेटिएको छ । पर्सा , बारा र रौतहटका झण्डै २० हजार किसान आश्रीत रहेको वीरगञ्ज चिनी कारखाना बन्द भएको दुइ दशक बितिसकेको छ ।

तत्कालीन सोभियत संघ रुसको आर्थिक सहयोगमा नेपाल सरकारले २०२१ साल देखि सन्चालनमा ल्याएको वीरगञ्ज चीनी कारखाना २०५९ सालमा बन्द भएको हो । चिनी कारखाना घाटामा गएको भदै २०५९ साल फागुन १६ गते तत्कालीन शाही सरकारले कारखाना बन्द गर्ने निर्णय गरेको थियो । यस्तै कृृषि औजार कारखाना पनि दुइ दशक देखि नै बन्द छ ।

सरकारले कारखाना सञ्चालन गर्ने निर्णय स्वागत योग्य भएपनि बजेट कार्यन्वयनमा भने विश्वास गर्न नसकिने यहाँका बुद्धिजिवीको विश्लेषण छ । भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्नन भएको हुँदा अब आउने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै मतदाता रिझाउनका लागि बजेट ल्याइएको टिप्पणी हुन थालेको छ ।

संम्बन्धित समचार

Leave a Reply