गुजरात टाइटान्सलाई पहिलो सहभागितामा नै आईपीएलको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ जेष्ठ १६, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १६,काठमाडौँ । कप्तान हार्दिक पाण्ड्याको अलराउण्ड प्रदर्शनको मद्दतमा गुजराज टाइटान्सले इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि जितेको छ । पहिलो पल्ट आईपीएल क्रिकेट खेलिरहेको गुजराजले फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराएर उपाधि उचालेको हो ।

गुजरातलाई उपाधि जिताउन कप्तान पाण्ड्याले बलिङतर्फ तीन विकेट मात्र लिइनन्, ब्याटिङतर्फ ३४ रन पनि बनाए ।

राजस्थानले टस जितेर पहिला ब्याटिङ गदै २० अभेरमा १३० रन बनाएको थियो । राजस्थानको ओपनरद्वय जोस बट्लरले ३९ र यशस्वी जयसवालले २२ रन बनाए ।

१३१ रनको लक्ष्य गुजरातले खेल सकिन ११ बल बाँकी छँदै भेट्टायो । राजस्थानलाई जिताउन नट आउट रहेका सुवमान गिलले ४५ र डेबिड मिलरले ३२ रन बनाए ।

लिगमा १४ मध्ये १० खेल जित्दै पहिलो भएको गुजरातले पहिलो क्वालिफायरमा लिगमा दोस्रो भएको राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो ।

क्वालिफायरमा पराजित भए पनि अर्को अवसरमा राजस्थानले रोयल च्यालेन्जर्स बेंगलोरलाई दोस्रो क्वालिफायरमा पराजित गरेर फाइनलमा गुजरातसँग भेट पक्का गरेको हो । सन् २००८ मा भएको पहिलो संस्करणको च्याम्पियन राजस्थान त्यसयता पहिलो पटक फाइनल पुगेको भए पनि उपाधि जित्न असफल भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस