कुसुम भट्टराईको व्यङ्ग : कसो घनश्याम भुषाल दाई ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर २१, शुक्रबार (५ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

समसामयिक विषयमा कलम चलाउदै आएका टिप्पणीकार कुशुम भट्टराईले संचारमन्त्री गोकु्ल बाँस्कोटाको अभिव्यक्तीलाई लिएर कडा व्यङ्ग गरेका छन । उनले फेसबुक पेजमा सरकारको पछिल्लो गतिविधिलाई लिएर भईरहेको विवादलाई विषय बनाएका छन ।
उनले लेखेको जस्ताको त्यस्तै:–

संचारमन्त्रीले आज भन्नुभएछन्, ‘गिरिजा जाँदा शान्तिदूत, ओली जाँदा अपराधी ?’

बहुत मनासीब कुरा ।

उसले आची खाँदा भोजन रे, अनि हामीले मल खाँदा चाहिँ फोहर ?

हो त मन्त्रीज्यू, गिरीजाले लाउडा कान्ड गराउँदा हुने, हजूरहरुले वाइड बडी विमान घोटाला गर्न किन नहुने ?

अहो, राणाले, पंचले, काँग्रेसले अढाइ सय वर्ष देश लुटन हुने, अनि नेकपाको सरकारले जाबो सात आठ महिना पनि देशमा लुट गर्न नमिल्ने ?

संचारमन्त्रीको भनाईसँग म सहमत छु । यस्तै कुरा गर्नुभयो भने तपाइ भोली प्रधानमन्त्री पनि बन्नुहुनेछ कमरेड ।

कसो घनश्याम भुषाल दाई ?

ताजा अपडेट

खोजी गर्नुहोस