युवाहरूलाई उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ १६, सोमबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जेठ १६, काठमाण्डौ । सरकारले युवा स्टार्टअप कार्यक्रमअन्तर्गत युवाहरूलाई उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आव २०७९र८० को बजेट प्रस्तु गर्दै युवाहरूलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रमअन्तर्गत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताएका हुन् ।

त्यस्तै युवा तथा साना व्यवसायीक स्वरोजगार कोषमार्फत थप १२ हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालन गरिने उनले बताए । उनले स्थानीय तह, बैंक तथा वित्तिय संस्थाहरूसँगको सहकार्यमा १० हजार युवालाई उद्यमशील तालिम प्रदान गरिने उल्लेख गरे । अर्थमन्त्री शर्माले प्रदेश र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट स्टेडियमको अधुरो निर्माण कार्य पुरा गर्ने व्यवस्था मिलाइने पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस