नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिबीच सम्झौता

जेठ १६,काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र श्री विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखरा बिच दुवै संस्थाबिचको आपसी सम्बन्धलाई वित्तीय कारोवारहरु मार्फत विस्तार गर्दै थप प्रगाढ बनाउने उदेश्यका साथ सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आईतवार पोखरा विन्ध्यवासिनीमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त सम्झौता पत्रमा श्री विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट अध्यक्ष एवम् वरिष्ठ समाज सेवी गणेश बहादुर श्रेष्ठ र बैंककातर्फबाट गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठले हस्ताक्षर गरेकी छिन् । उक्त समझदारी पश्चात श्री विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति मातहतका विभिन्न सामाजिक क्रियाकलाप, समितिका सदस्य तथा कर्मचारीहरुले नेपाल बैंक मार्फत गरिने वित्तीय कारोवारमा विशेष छुट प्राप्त गर्नेछन् ।

नेपालभर २१७ शाखाहरु, १७९ एटिएम साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । विगत केहिबर्ष यता बैंकले छिटो छरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल राज्यभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा उच्च व्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकका बचत एवं मुद्दती खाताहरुमा निक्षेप कर्ताहरुको आकर्षण बढिरहेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply