उदयपुरको त्रियुगा नगरपालिकामा मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी

जेठ १६, काठमाण्डौ । उदयपुरको सदरमुकामस्थित त्रियुगा नगरपालिकामा मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । सोमबार सम्पन्न मतणनामा कांग्रेसका मेयर पदका उमेदवार बसन्त बस्नेतले प्रतिष्पर्धी एमालेका उमेदवार भागवत राउतलाई २ हजार ८६ मतले पछि पारे ।

बस्नेतले १३ हजार ९५९ र राउतले ११ हजार ८७३ मत प्राप्त गरे । त्यसैगरी, नेकपा माओवादी केन्द्र र नेकपा एस पार्टीबीचको गठबन्धनबाट प्रतिष्पर्धामा उत्रिएका निवर्तमान मेयर तथा नेकपा एसका पोलिटव्युरो सदस्य बलदेव चौधरी तेस्रो भए । विजेता बस्नेतसँग चौधरी ४८१२ मतले पछि परे । एमाले उमेदवार राउतसँग २ हजार ७२६ मतले पछि परे । चौधरीले ९ हजार १४७ मत प्राप्त गरे ।

त्यसैगरी, उपमेयमार एमालेका महेश्वरी राईले निकटतम् प्रतिष्पर्धी कांग्रेसका उमेदवार सरिता राईलाई १ हजार ७२२ मतले पछि पारे । महेश्वरीले १३ हजार ७०३ र सरिताले ११ हजार ९८१ मत प्राप्त गरे । गठबन्धन माओवादी केन्द्रका उमेदवार गिता खड्काले ६ हजार ५६८ मत प्राप्त गरिन् ।

संम्बन्धित समचार

Leave a Comment