दुर्घटनाग्रस्त तारा एयरको जहाजमा सवार २१ जनाको शव फेला !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १६, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १६, काठमाण्डौ । दुर्घटनाग्रस्त तारा एयरको जहाजमा सवार २१ जनाको शव फेला परेको छ । बाँकी एक जनाको खोजी भइरहेको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले बताए । फेला परेका २१ मध्ये दश जनालाई दुर्घटनास्थलबाट बेस क्याम्प झारिएको उनले जानकारी दिए । तल ल्याएका दश जनाको शव आजै काठमाडौँ लैजाने तयारी भइरहेको छ ।

‘हालसम्म २१ जनाको शव फेला परेको छ । तीमध्ये दश जनालाई बेस क्याम्पमा नै झारिसकिएको छ । अन्य ११ जनालाई पनि तल ल्याउने कोशिस भइरहेको छ । उनले भेटिएका सबै लाशको टाउकोमा गम्भिर चोट र खुट्टाहरु भाँचिएको अवस्था रहेको बताए । ‘लाश देख्दा मनै भारी हुन्छ । सबैका टाउको क्षतविक्षत भएको अवस्था छ । खुट्टा,हात भाँचिएका छन्”गौचनले भने, ‘ पहिचान भने सहजै हुन सक्छ । त्यस्तो समस्या छैन ।‘

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भन्ने ठाउँमा दुर्घटना भएको हो । जहाजमा चालक दलका सदस्यसहित २२ जना सवार थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस