काठमाडौं महानगरपालिकामा भौतिक पूर्वाधार एम्बुलेन्स सुरु गरिने

जेठ १६,काठमाडौँ । काठमाडौं महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ ।

सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकमा मेयर बालेन साहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्ने जस्ता काम ७ दिनभित्र सक्न २ वटा भौतिक पूर्वााधार एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखेका थिए, जसलाई कार्यपालिका बैठकले अनुमोदन गरेको छ ।

नगरबासीको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने निर्णय पनि भएको छ । सडकमा खाल्डाखुल्डी परेको, पानी जमेको जस्ता गुनासो सुन्ने काम पनि यही कल सेन्टरले गर्ने छ ।

यस्तै फोहर व्यवस्थापनबारे अध्ययन गर्न मेयर र उपमेयर समेत रहेका कार्यदल गठन गर्ने निर्णय भएको छ ।

बैठकले निजी रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय सञ्चालनमा ल्याउने समेत निर्णय गरेको छ । मेयर साहका अनुसार केही चेन रेष्टुरेन्टहरुसँग कुराकानी भएको छ र, उनीहरु आफ्नो शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिन तयार छन् । त्यस्ता रेष्टुरेन्टमा महानगरले संकेत चिह्न राख्नेछ र सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

 

संम्बन्धित समचार

Leave a Reply