स्वरोजगार कोषले एकैदिन ५० करोड ऋण स्वीकृत गर्‍यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ १६, सोमबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जेठ १६,काठमाडौँ । युवा स्वरोजगार कोषले सोमबार एकदिन मै करिब ५० करोडको ऋण स्वीकृत गरेको छ । सोमबार कोषका कार्यकारीउपाध्यक्ष डा। देवराज रोका (कल्याण)ले १२० वटा सहकारीसंस्थाका फाईलहरूलाई अन्तिम निर्णयार्थ स्वीकृत गरेसँगै करिब ५० करोड सम्बन्धित सहकारीसंस्थाका खातामा निकासा हुनलागेको हो ।

कोषले सहकारी संस्थाहरूलाई थोक कर्जा उपलब्ध गराउँदै आएको भएपनि पछिल्लोसमय ऋण स्वीकृतिमा सुस्तता आएको थियो । सोमबार तयारी अवस्थामा रहेका १२० वटा सहकारी संस्थाका फाईललाई एकैपटक अन्तिम निर्णयार्थ उपाध्यक्षसमक्ष पेश हुँदा एकैदिन सो परिमाणमा फाईल स्वीकृत भएको हो ।

सरकारले वार्षिक १२ हजार युवालाई थप स्वरोजगार बनाउने लक्ष्य लिएको हुँदा, सो लक्ष्यप्राप्त गर्नलाई युद्धस्तरबाट कामअघि बढाईरहेको कोषका उपाध्यक्ष डा. रोकाले दाबी गरे ।

कोषले युवालाई स्वदेशमै उत्पादनशील तथा उद्यमी बनाउन बैङ्क तथा वित्तीयसंस्था र सहकारीहरूलाई थोककर्जा प्रदान गर्दै आएको छ । यसरी विभिन्न बैङ्क तथा वित्तीयसंस्था र सहकारीमार्फत युवाले खुद्रा कर्जा प्राप्त गर्दछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस