युक्रेनी शहर सेभेरोडोनेट्स्कको अवस्था खराब हुँदै

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ जेष्ठ १७, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १७,काठमाडौँ । रणनीतिक महत्त्वको युक्रेनी शहर सेभेरोडोनेट्स्कको अवस्था खराब हुँदै गएको छ । लुहान्स्कका गभर्नर सेर्हेइ हाइडाइले औद्योगिक केन्द्रमा लडाइ भैरहेको र आफूहरूले हताहत हुनेको सङ्ख्या यकिन गर्न छोडेको प्रतिक्रिया दिएका छन्।

पूर्वी लुहान्स्क क्षेत्र कब्जा गर्ने लक्ष्यसहित सेभेरोडोनेस्ट्क शहर रुसको मुख्य निशानामा छ । युरोपेली सङ्घले रुसमाथी नयाँ प्रतिबन्धको प्रस्ताव गरेको छ । रुसी तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली सङ्घका नेताहरूको प्रस्तावमा हङ्गेरी विपक्षमा उभिएको बीबीसीले जनाएको छ । प्रस्तावित थप प्रतिबन्धसम्बन्धी पछिल्लो कदमअघि ईयूले रुसमाथि पाँच पटक प्रतिबन्ध लगाइसकेको छ ।

रुसले युरोपेली सङ्घ ईयूलाई उसको कुल खपतको ४० प्रतिशत प्राकृतिक ग्यास र २७ प्रतिशत तेल पठाउँछ । त्यसबापत युरोपेली सङ्घका देशहरूले वर्षको झण्डै ४ सय अर्ब युरो बुझाउँने गरेका छन् । जर्मनी र नेदरल्याण्ड्स रुसी ग्यास र तेलको ठूला आयातकर्ता देशहरु हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस