‘सरकारले कृषिलाई जोड दिएर बजेट ल्यायो’: सभापति सुमार्गी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ १७, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १७,काठमाडौँ । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गीले आर्थिक वर्ष २०७९–०८० बजेट श्रृङगारयुक्त रुपमा आएको छ । कृषिमा बढेको बजेटले कृषिलाई फरक ढंगले हेरको उनले बताए । सुमार्गीले यो बजेट चुनावमुखी भएको भन्ने लाइनलाई चिर्न सक्नुपर्ने बताएका छन् । जिडिपीमा ३६ प्रतिशत रहेको कृषिको योगदानलाई बुझ्ने पहिलो अर्थमन्त्रीको रुपमा आफुले लिएको उनको भनाई थियो ।

बजेटका विषयमा प्रतिक्रिया दिँदै सुमार्गीले उनले खाद्यमा भएको मूल्य वृद्धिलाई स्थानीय उत्पादन बढाउन सरकारले आयातमा कर वृद्धिको रणनीति लिएको हुनसक्ने बताए । जसका कारण स्थानीय उत्पादन बृद्धि हुँदै जाने र आयात घट्दै जाने उनको भनाइ थियो । बजेटमा राष्ट्रिय उत्पादनलाई जोड दिँदै कृषिलाई फोकस गरिएको उनको भनाइ छ ।

उनले विश्व अर्थतन्त्रमासँग सामना गर्न अर्थमन्त्रीले केही नयाँ सोचेरै अघि बढेको हुनसक्ने विश्वास व्यक्त गरे । बजेटले पूर्वाधार विकासलाई समेट्ने प्रयास गरेको बताउँदै उनले विनियोजित बजेटलाई कसरी खर्च गरेर लाने भन्ने विषय नै महत्वपूर्ण हुने बताए ।

बजेटमा फास्ट ट्राक लगायतका विषय समेटिँदा हावादारी विषयको भएर भनेर उडाउनु उपयुक्त नभएको बताउँदै उनले विकासका लागि कुनै न कुनै महत्वकांक्षाले नै काम गर्ने बताए ।

सभापति सुमार्गीले देशको सम्मृद्धि उत्पादनमा स्थायित्वसँग निर्भर हुने बताए । उत्पादन र उर्जालाई मुख्य रुपमा सरकारले अघि बढाउनु पर्ने उनको जोड थियो । साथै उनले अनुदानका विषयमा सरकारले झोले उद्योगी र वास्तविक उद्योगी छुट्याएर अनुदान दिनुपर्ने बताए । बजेटले नीजि क्षेत्रलाई समेट्न खोजेको देखिएको बताउँदै उनले सानातिना मतभेदलाई ठूलो बनाउनुको तुक नभएको बताए ।

विषम परिस्थितिमा आत्मनिर्भर मुखी अर्थतन्त्र, आयात प्रतिस्थापन गर्ने किसिमले बजेट आउने अपेक्षा भएपनि बजेटले यसखालका विषय सम्बोधन भने खासै गर्न नसकेको गुनासो गरे ।

उनले सामान्य करमा भएको परिवर्तनका विषयमा क्षणिक फाईदाका लागि रमाउनुको अर्थ नभएको बताए । जबसम्म सञ्चालनमा रहेका साना तथा मझौला उद्योगको समस्या समाधान हुँदैन अथवा जबसम्म साना तथा मझौला उद्योगको लागत कम गराएर प्रतिस्पर्धात्मक बनाईदैन तवसम्म अर्थतन्त्रको जग बलियो नहुने उनको भनाइ छ ।

नेपाल उद्योग महासंघले केही समयदेखि अघि सारेको सय किसान अभियानको अवधारणालाई अघि बढाउन सके कृषि उत्पादकत्व बढाउन मात्र होइन यसले आत्मानिर्भर र निर्यात बढाउन सक्ने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस