जेठ १८,धादिङ । बागमती प्रदेश सरकारले धादिङको चालिसे र काभ्रेपलान्चोकको मण्डनदेउपुरमा शित भण्डारसहितको कृषि बजार बनाउने भएको छ ।
प्रदेश सरकारको निति तथा कार्यक्रममा दुग्धजन्य पदार्थको प्रशोधन तथा बजारिकरणको लागि काभ्रे पलान्चोक जिल्लामा मिनि पाउडर प्लान्ट स्थापना तथा कृषि उपजको बजारिकरणको लागि धादिङको धुनिवेशी–६ चालिसे र काभ्रेपलान्चोकको मण्डनदेउपुरमा शित भण्डारसहितको कृषि बजार बनाउने उल्लेख छ ।
प्रदेश सरकारले कृषिलाई जोड दिँदै प्रदेशको शान,मौलिक कृषि हाम्रो पहिचान भन्ने नारासहित रैथाने बाली तथा पशुपंक्षीहरुको पहिचान तथा संरक्षण गरी विस्तार गर्ने निति लिएको छ । शित भण्डारसहितको कृषि बजारको लागि आगामी बजेटमा प्राथामिकताका साथ राखिने बताइएको छ ।