आठ सयले घट्यो सुनको मूल्य, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ १८, बुधबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ १८, काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । छापावाल सुनको मूल्य प्रतितोला आठ सयले घटेर ९७ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन प्रतितोला ९८ हजारमा कारोबार भएको थियो । महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० थियो । आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार २५० तोकिएको महासंले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस