आर्थिक पत्रकार संघको नयाँ कार्यसमिति चयन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर २१, शुक्रबार (६ साल अघि)
  • ५३ पटक पढिएको
Post Thumbnail

मंसिर २१, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्यसमिति चयन भएको छ ।

शुक्रबार राजधानीमा सम्पन्न चौथो महासभाले सिताराम भट्टराईको अध्यक्षतामा नाफिजको नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो ।
अध्यक्षमा भट्टराई, उपाध्यक्षमा इन्द्र बाँनिया, राजेश बर्मा र छविलाल बगाले निर्वा्चित भएका छन् ।

यसैगरी संस्थाको महासचिवमा नारायणप्रसाद पौडेल, सचिवमा चन्दा कार्की र सहसचिवमा विजय दमासे निर्वाचित भएका छन् । कार्यसमितिको कोषाध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् ।

महासभाले १९ सदस्य केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमिति सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, अर्जुन पन्त, प्रजिता बुढाथोकी, मल्लिका घिमिरे, मोहम्द अजमत अली, रोविन पौडेल, दिप्ती भट्ट, रिना खत्री, शान्ति श्रेष्ठ, डोमी शेर्पा र फणिन्द्र दाहाल सर्वसम्मतले निर्वाचित भएका छन् । नाफिजको महासभाको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका थिए भने सूचना तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले महासभाको समापन गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस