धादिङ औद्योगिक मेला जारी, आज सम्म साँढे चार करोडको व्यापार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर २१, शुक्रबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर २१, चरौदी । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा धादिङ कृषि, पर्यटन तथा औद्योगिक मेला जारी रहेको छ ।

धादिङ उद्योग वाणिज्य संघ दक्षिणी क्षेत्रिय समितिको आयोजना तथा बेनिघाट रोराङ गाउँपालिकाको सह आयोजनामा मंसिर १४ गते देखी मेला सुरु भएको थियो ।

साविकको धुषा गाविस स्थित चरौंदी र छिमेकी जिल्ला गोरखाको सिमानामा भएकोले महोत्सवमा अवलोकन कर्ताहरु उल्लेख्य रुपमा सहभागि भइ रहेको मेला व्यवस्थापन समितीका सँयोजक मनोज कुमार डल्लाकोटीले बताए ।

तरकारी पकट क्षेत्रको रुपमा हेरिने यस क्षेत्रमा भएको महोत्सवमा आज सम्म करिब साँढे ४ करोड रुपैँया बराबरको कारोबार भएको र तरकारी लगायत जाडो मौसमका सामाग्रीहरु विक्रि भैरहेको सँयोजक मनोज कुमार डल्लाकोटीले बताए ।

औद्योगिक मेलामा चर्चित लोक गायक बद्री पंगेनी,, प्रिति आले, पि एन सापकोटा, हास्य कलाकार हर्के हवल्दार, आधुनिक प्रेम परियार, डान्सर रमा न्यौपाने लगायतका कलाकारहरुले आज सहभागीहरुलाई मनोरन्जन दिलाएका छन् ।

त्रिशुलीमा र्याफ्टीङ, हस्तकला प्रदर्शनी एवम् विक्रि, आदिवासी भेषभुषा, झाँकी, जडीबुटी प्रदर्शनी एवम् विक्रि, तरकारी प्रर्दशनी एवम् विक्रि, औद्योगिक मेलाको मुख्य आकर्षण रहेको आयोजकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस