सरकारद्धारा भूमिलाई १० भूउपयोग क्षेत्रमा वर्गीकरण !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १८, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १८, काठमाण्डौ । सरकारले भूमिलाई १० भूउपयोग क्षेत्रमा वर्गीकरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले पत्रकार सम्मेलन गरेर भूउपयोग नियमावली जारी गर्दै भूमिलाई भूउपयोग क्षेत्रमा वर्गीकरण गरिएको जानकारी दिए । उनले भूबनोट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकताको आधारमा कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्र र आवश्यकताअनुसार १० क्षेत्रमा वर्गीकरण गरिने बताए ।

मन्त्री श्रेष्ठले आवासीय प्रयोजनका लागि वर्गीकृत क्षेत्रबाहेकका अन्य क्षेत्रमा कुनै पनि प्रयोजनले व्यावसायिक रूपमा घडेरी विकसित गर्न र बिक्रीरवितरण गर्न नमिल्ने बताए । नियमावलीमा सङ्घीय तहले देशभरिको भूउपयोग नक्साङ्कन गर्ने वा गराउने र सङ्घले तयार पारेको नक्सा तथा डाटा पालिकालाई हस्तान्तरण गर्ने, पालिकाले आवश्यकताअनुसार नक्सा परिमार्जन अद्यावधिक गरी लागू गर्नसक्ने उल्लेख गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस