जार र बोत्तलको पिउने पानीको मूल्यमा वृद्धि,बाणिज्य विभाग बेखबर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ १८, बुधबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १८,काठमाडौँ । प्रशोधित पिउने पानी उत्पादकहरुले पानीको मूल्य वृद्धि गरेका छन् । बिहीबारबाट लागू हुनेगरी नेपाल बोत्तल वाटर इन्डष्ट्रिज एशोसिएसनले जार तथा बोत्तलको पिउने पानीको नयाँ मूल्य सार्वजनिक गरेको हो ।

अब, प्रशोधित पिउने पानीको एक लिटरको बोत्तलको फ्याक्ट्री मूल्य १६ रुपैयाँ कायम हुनेछ भने २० लिटरको एक जार पिउने पानीको मूल्य भने ४७ रुपैयाँ पर्नेछ । यस अघि वणिज्य विभागले बढाएर मूल्य तोक्न दिएको अनुमति घटाएरै नयाँ मूल्य तोकेको एशोसिएसनका अध्यक्ष दुर्गा गौतमले दाबी गरे ।

२०७६ सालमा वाणिज्य विभागकै सहमतिमा तोकिएको नयाँ मूल्य विवादमा परेपछि रोकिएको र अहिले संसदीय समितिले अनुमति दिएपछि मूल्य समायोजन गरिएको एशोसिएसनको दाबी छ । विभागले २० लिटरको जारको पानीको मूल्य ५० रुपैयाँ र बोत्तल बन्द एक लिटरको पानीको मूल्य १६ रुपैयाँ तोकेको थियो ।

बाणिज्य विभाग बेखबर

यता वाणिज्य विभागले भने मूल्य वृद्धिबारे औपचारिक कुनै जानकारी नभएको बताएको छ ।

अनौपचारिक ढंगबाट पानीको मूल्य बढाएर पत्रकार सम्मेलन गरेको भन्ने सुनिए पनि औपचारिक कुनै जानकारी विभागमा नआएको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बताए । ‘कुन प्रकारका पानी, कस्तो मूल्य हो रु पानीको गुणस्तरबारे खाद्यको निर्देशिका कार्यन्वयन भएको नभएको कुनै जानकारी छैन्,’ महानिर्देशक शर्माले भने, ‘हामी औपचारिक जानकारी आएपछि थप अनुसन्धान थाल्छौं ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस