माओवादीबाट निर्वाचित जनप्रतिनिधिको दोस्रो दिनको तालिम सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १९, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको दोस्रो दिनको प्रशिक्षण कुमारी हलमा सुरु भएको छ ।

प्रशिक्षणको बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । पहिलो दिन प्रचण्डललगायत केही विज्ञहरुले प्रशिक्षण दिएका थिए ।

आजको प्रशिक्षणमा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानुन निर्माणलगायत विषयमा पार्टीका नेता र विज्ञहरूले प्रशिक्षण दिने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

आज अर्थमन्त्री जनार्दन शर्माले ‘आर्थिक वर्ष २०७९र८० को सरकारको नीति तथा कार्यक्रम र बजेट’, राष्ट्रिय योजना आयोगका सदस्य डा। रामकुमार फुयाँलले ‘स्थानीय तहको नीति, योजना र कार्यक्रम’, पूर्वमन्त्री एवं पार्टीको श्रम, अर्थ तथा योजना विभागका प्रमुख वर्षमान पुनले ‘स्थानीय अर्थतन्त्रको निर्माण र नेपाली विशेषताको समाजवाद’, चार्टर्ड एकाउन्टेन्ट चन्द्रकान्त भण्डारीले ‘स्थानीय तहको लेखा प्रणाली’बारे प्रशिक्षण दिनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस