पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्नेमा विवाद, बाँके वीरेन्द्रचोक तनावग्रस्त !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १९, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १९, काठमाण्डौ । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा बाँकेको नेपालगञ्जस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ । बिहीवार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरीसँग झडप भएको हो ।

सो क्रममा प्रहरीले केही राउण्ड हवाइ फायर समेत गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेताहरुले आफूखुसी वीरेन्द्रको शालिक ल्याएर राख्न खोज्न तनाव सृजना भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस