बजेटमा निर्यातमा नगद अनुदान र उत्पादनमा विद्युतमा सहुलियतको घोषणाले सिमेन्ट उद्योगीहरु उत्साहित

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ २०, शुक्रबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ २०, काठमाण्डौ । बजेटले निर्यातमा नगद अनुदान र उत्पादनमा लाग्ने विद्युत महसुलमा उल्लेखनीय सहुलियतको घोषणा गरेपछि सिमेन्ट उद्योगीहरु उत्साहित भएका छन् । उद्योगीहरुले मागेअनुसारको सहुलियत नपाए पनि अहिले कै व्यवस्थाले कम्तीमा २ खर्ब मूल्य बराबरको सिमेन्ट वार्षिक रुपमा निर्यात हुन सक्ने नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले दाबी गरे ।

आर्थिक वर्ष २०७९र८० को नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले निर्यातमा नगद अनुदानलाई ८ प्रतिशत पुर्‍याएका थिए भने वार्षिक १० करोड रुपैयाँ भन्दा बढीको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस