पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ४ अर्ब ४० करोड रुपैयाँ विनियोजन

जेठ २०, काठमाण्डौ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत विमानस्थल आयोजनाहरुमा ऋण लगानी गर्दै आएको छ । आगामी आर्थिक वर्ष २०७९।८० मा निर्माणको अन्तिम चरणमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि मात्र ४ अर्ब ४० करोड रुपैयाँ विनियोजन भएको छ ।

अर्थ मन्त्रालयका अनुसार यस आयोजनामा चालु आवमा ५ अर्ब १८ करोड १७ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन भइरहेको छ । गत आवमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले ३ अर्ब ७ करोड २९ लाख रुपैयाँ बजेट खर्च गरेको थियो ।

 

संम्बन्धित समचार

Leave a Reply