आज पनि शेयर बजार ओरालो : नेप्से आज ३३ दशमलव ७६ अङ्कले घट्यो, कारोवार रकम कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ जेष्ठ २०, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २०, काठमाण्डौ । शुक्रवार पनि शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ७६ अङ्कले घटेर दुई हजार ७८ दशमलव ७६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेकोमा बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय २६ वटा कम्पनीको ३८ लाख ४८ हजार कित्ता शेयर एक अर्ब ३० करोड ७३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस