पछिल्लो २४ घन्टामा देशभर थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Post Thumbnail

जेठ २०, काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २६ जनामा संक्रमण पुष्टि भएको हो । ५ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । चार हजार ५२८ जनाको पिसिआर र एक हजार ७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

अहिले देशभर १११ जना सक्रिय संक्रमित छन् । शुक्रबार ९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

ताजा अपडेट

खोजी गर्नुहोस