सामाजिक सुरक्षा कोषमा १ सय ९४ रोजगारदाता सूचीकृत

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर २१, शुक्रबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर २१, काठमाडौं । सामाजिक सुरक्षा कोषमा १ सय ९४ रोजगारदाता सूचीकृत प्रकृयामा सामेल भएका छन्।

सूचीकरणको कार्यलाई सहज बनाउन अनलाईन पद्दति अपनाइएकोले सहज भएको छ। यसबाट रोजगारदातालाई सूचीकरणमा आउन सजिलो भएको सामाजिक सुरक्षा कोषले जनाएको छ।रोजगारदाता आफू दर्ता भएको तीन महिना भित्र आफ्नो प्रतिष्ठान वा सँस्थामा कार्यरत श्रमिक तथा कर्मचारी सूचीकरण गर्नुपर्ने व्यवस्था छ।

यी व्यवस्था र अनलाईन दर्ता प्रकृयाका कारण श्रमिक तथा कर्मचारी सूचकिरण आगामी दिनमा झन तिब्र हुने कोषको विश्वास छ।
सुरुवाति दिनमा प्रष्ठिानबाट सुरु गरिएको सूचीकरण पछि विस्तारै रोजगारीका अरु क्षेत्रलाई पनि समेट्दै जाने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताए।

‘ प्रतिष्ठानबाट सुरु गर्दा सजिलो हुन्छ, त्यसपछि पालौ पालो सवै क्षेत्र समेटिन्छन्।’ उनले भने।यो कार्यको लागि प्रदेश सरकार र स्थानीय सरकासँग पनि समन्वय हुने रेग्मीले जानकारी दिए।

नेपालमा हाल करिव ९ लाख रोजगारदाता प्रतिष्ठान रहेको कोषले जनाएको छ।कोषमा श्रमिक तथा कर्मचारीको तलबबाट १० प्रतिशत रोजगारदाताले कर्मचारीको तलबको २० प्रतिशत र सरकारको १ प्रतिशत गरी ३१ प्रतिशत योगदान हुनेछ।योगदानमा आधारित सामाजिक सुरक्षा विदेशमा काम गर्नेले नपाउने बरु नेपालमा काम गर्ने विदेशीले पाउन सक्ने रेग्मीले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस