जेठ २०, काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप २६ जनामा कोभिड १९ पुष्टि भएको छ । जुन की सोही अवधिमा निको हुनेको सङ्ख्या ९ रहेको छ । १०० भन्दा मुनि झरेको सक्रिय संक्रमितको सङ्ख्या समेत बढेर १११ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ५ जनाको नमुना परीक्षण गरिएको थियो ।