प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ जेष्ठ २१, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २१, काठमाण्डौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । आज दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सकिएलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

दुई नेताबीच सङ्घ र प्रदेशको आउँदो चुनावमा कसरी जाने भन्नेबारेमा छलफल केन्द्रित भएको लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । उनले प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकुरलाई बैठकका लागि बोलाए । आउँदो सङ्घ र प्रदेशको चुनावमा हुने गठबन्धनबारे छलफल केन्द्रित भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस