काठमाडौँ महानगर-१४ का नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ जेष्ठ २१, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २१, काठमाडौँ । माउण्ट एभरेस्ट क्लब तथा न्यू माउण्ट एभरेस्ट टोल सुधार समिति, रबिभवनले सङ्युक्त रुपमा एक कार्यक्रम गरि काठमाडौँ महानगरपालिका-१४ वडाका नव निर्वाचित जनप्रतिनिधिहरुलाइ सम्मान गरेको छ ।

समितिले वडाका वडा अध्यक्ष सुमन श्रेष्ठ, वडा सदस्यहरु अच्युत सापकोटा,नवीन नकर्मी,शोभा खड्का,अनिता नेपाली लाई सम्मान गरेको हो । माउण्ट एभरेस्ट क्लब तथा न्यू माउण्ट एभरेस्ट टोल सुधार समितिले जनप्रतिनिधिहरुलाइ माला, अबिर लगाएर सम्मानका साथ मायाको चिनो पनि प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा नव निर्वाचित वडा अध्यक्ष सुमन श्रेष्ठले १४ न। वडालाई नमुना वडा बनाउन आफू लागिपर्ने र यसका लागि सबैले सहयोग गर्नुपर्ने बिचार व्यक्त गरे । क्लबका सचीव अर्जुन तामाङले धन्यवाद ज्ञापन तथा कार्यक्रम समापन गरे । कार्यक्रममा माउण्ट एभरेस्ट क्लब तथा न्यू माउण्ट एभरेस्ट टोल सुधार समितिका सदस्य हरुको बाक्लो उपस्थिति थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस