थाक्रे गाउँ कार्यपालिकामा गठबन्धनको बहुमत, एमालेका ६ उम्मेदवार पराजित

जेठ २१,काठमाडौँ । अनेकन आशंका र राजनितिक खिचातानीकाबीच धादिङको थाक्रे गाउँपालिकाको ६ जना कार्यपालिका सदस्यका लागि आज भएको निर्वाचनमा गठबन्धनले एमालेलाई पराजित गरेका छन् ।

गठबन्धनको २९ र एमालेको २८ मत रहेको कार्यपालिकाको चुनावमा महिला तर्फ माओवादीको हसिया हथौँडा चुनाव चिन्नबाट अमित कुमार घले, भुबलाल विश्वकर्मा, प्रमिला कुलु,सावित्री थापा र एकीकृत समाजवादीको कलम चुनाव चिन्नबाट राधिका सुनुवार , विष्णु माया थापा विजयी भएका छन।
थाक्रेको कार्यपालिकामा एमालेको अध्यक्ष सहति ६ जना, माओबादीको उपाध्यक्ष सहित ९ जना, एकीकृत समाजवादीको ३ जना र काँग्रेशको १ जना गरि १९ जना रहेका छन् ।

धादिङमा विभिन्न पालिकामा गठबन्धनबीच नै टुटफुट र अविश्वासको वातावरण सिर्जना भइरहदा थाक्रेमा गठबन्धनले सशक्त एकता कायम राख्दै बहुमतले आफ्ना सदस्य विजयी गराएको हो । यो संगै पाँच बर्ष एकलौटी सत्ता चलाएको एमाले थाक्रेमा अल्पमतमा परेको छ । अध्यक्ष रामकुमार आचार्यले गठबन्धनसंग कसरी सहकार्य गर्लान र गठबन्धनले कार्यपालिकामा कस्तो भुमिका निर्वाह गर्छ भन्ने चासो धादिङ बृतमा देखिएको छ ।

संम्बन्धित समचार

Leave a Reply