आज चट्याङ्गसहित बर्षा हुने, केही दिनमै मनसुन भित्रिने

जेठ २२, काठमाडौँ । हाल देशमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । हाल देशका सबै ठाउँमा बादल लाग्नुका साथै प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा सामान्य पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, राति यीनै चार प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै यो वर्षको मनसुन केही दिनमै सुरु हुने महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सामान्यतया नेपालमा औसतमा १३ जुनमा मनसुन सुरु हुने भएपति यसपाली १० जुन अगाडि नै मनसुन सुरु हुने मौसमविद् हीरा भट्टराईले जानकारी दिए ।

उनका अनुसार भारतका धेरै ठाउँमा सक्रिय भएको मनसुन अहिले चेन्नेइ क्रस भइसकेको छ । उक्त मनसुन जुन १० अर्थात जेठ २७ गतेभन्दा अघि नै नेपाल आइपुग्ने सम्भावना रहेको छ । यसपटक नेपालमा विगत वर्षको तुलनामा धेरै वर्षा हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply