जेठ २२, काठमाण्डौ । बंगलादेशको दक्षिण–पूर्वी सहर सीताकुन्डको एउटा कन्टेनर डिपोमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ४० पुगेको छ। ज्यान गुमाउनेमा पाँच जना अग्नी नियन्त्रक पनि रहेको बीबीसीले जनाएको छ ।
सीताकुन्ड बंगलादेशको दोस्रो ठूलो सहर चटगाउँबाट ४० किलोमिटरको दूरीमा पर्छ । चटगाउँ मेडिकल कलेजका अनुसार अहिलेसम्म ३४ जनाको शव अस्पताल पर्याएको छ ।