गोरखामा जिससको निर्वाचन जेठ ३० मा हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ जेष्ठ २२, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २२, काठमाण्डौ । जिल्ला समन्वय समिति जिसस गोरखाको निर्वाचन जेठ ३० गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार सूचना जारी गर्दै पालिकाहरूको निर्वाचन सकिएकाले जिल्ला समन्वय समितिको निर्वाचन गर्ने उल्लेख गरेको छ । मुख्य निर्वाचन अधिकृत दीनबन्धु बरालले जेठ २२ गते मतदाता नामावली प्रकाशन, २५ गते उम्मेदवारको मनोनयन दर्ता र ३० गते मतदानको तालिका सार्वजनिक गरेका हुन् ।

जिससको निर्वाचनमा जिल्लाका ११ पालिकाका प्रमुख–उपप्रमुख गरी २२ जना सदस्य मतदाता हुनेछन् । जिसस प्रमुख, उपप्रमुखसहित नौ सदस्यीय समितिका लागि उम्मेदवार भने नगर तथा गाउँसभाका सदस्यहरू बन्न पाउने व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस