टेकुको कनक पेट्रोल पम्पमा विस्फोट, २ जना घाइते

जेठ २२,काठमाडौँ । टेकुको कनक पेट्रोल पम्पमा इन्धन राख्ने ट्याङ्कीमा ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

कनक पेट्रोल पम्पको ट्याङ्कीमा ग्यास विस्फोट हुँदा पर्सा जगन्नाथपुर गाउँपालिका ३ घर भइ काठमाण्डौको कालीमाटी बस्ने ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुवै जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

आज आइतवार बेलुका पाँच बजेतिर ट्याङ्की मर्मत गर्ने क्रममा ग्यास विस्फोट भएको प्रहरीको भनाइ छ ।

संम्बन्धित समचार

Leave a Reply