जेठ २२,काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर बालेन्द्र साहले धुनिवेशी र ककनीका जनप्रतिनिधिबीच छलफल गरेका छन् । काठमाडौँको फोहोर व्यवस्थापनको विषय पेचिलो भइरहदा मेयर साहले प्रभावित क्षेत्रका जनप्रतिनिधि र स्थानीयसंग छलफल गरेका हुन् । छलफलका क्रममा धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले स्थानीयको माग पुरा नगरी जर्वजस्ती फोहोर फाल्ने काम रोक्नपर्ने बताएका थिए ।
उनले बन्चरे डम्पिङ साइट नभएको र बन्चरे ल्याण्डफिल्ड साइट भएको बताउदै यसको संरचना अनुसार काम काम सम्पन्न नभइ फोहोर राख्न नहुने बताएका थिए । उनले काम सम्पन्न भएर स्थानीयको माग पुरा गरेपछि फाहोर फलपनि दुर्गन्ध फैलिन नदिन व्यवस्थित रुपले छोप्नुपर्ने बताएका थिए ।
छलफलमा मेयर बालेनले स्थानीयको मागमा आफु गम्भिर भएको र त्यसका लागि आफुलाई केहि समय दिन आग्रह गरेका थिए । उनले अल्पकालिन रुपमा बन्चरेमा आवश्यक संरचना तयार भएपछि फाहोर फाल्न दिन आग्रह गरेका थिए । आजको छलफल परिचयात्मक र समस्याको उजागर गर्ने विषयमा केन्द्रित भएको बताइएको छ ।
छलफलमा धुनिवेशी नगरपालिकाका उपप्रमुख सुरज उप्रेती, पुर्वउपमेयर निरु खरेल, धुनिवशी–१ का वडा अध्यक्ष मान बहादुर तामाङ धुनिवेशी–३ का वडा अध्यक्ष प्रकाश हमाल,ककनी र धुनिवेशीका केही स्थानीयवासीसमेत सहभागी रहेका थिए ।